२ कार्तिक २०८३, सोमबार

नेपाली बजारमा डलरको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollar(11)

काठमाडौं, २५ कात्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रभावले नेपाली बजारमा लगातार अमेरिकी डलरको मूल्य घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १० पैसाले घटेको डलर मूल्य विहिबार ४० पैसाले घट्दै १ सय ६ रुपैयाँ ६० पैसामा आइपुगेको छ । बिहिबार १ सय ६ रुपैयाँ ६० पैसा बिक्रिदर रहेको अमेरिकी डलरको खरिददर मूल्य १ सय ६ रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ र खरिददर मूल्य १ सय ६ रुपैयाँ ४० पैसा थियो भने, मंगलबार बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ १० पैसा र खरिददर मूल्य १ सय ६ रुपैयाँ ५० पैसा थियो ।