१ कार्तिक २०८३, आइतबार

विहे गर्न अभिनेत्री उषाले अमेरिकामा पाइन केटो, को हुन हुनेवाला पति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usha-paudel

काठमाडौं । अभिनेत्री उषा पौडेलले विहे गर्न लागेको खबर आएको छ ।

उषाले विहे गर्नका लागि अमेरिका गएर केटो छानेकी छन् । उनले छानेका केटो हुन् अभिनेता सुधाशु जोशी । जसलाई उषाले असल साथी मात्रै भन्ने गर्थिन् । साथीबाट सुरु भएको उनीहरुको मित्रता प्रेमी–प्रेमिका हुँदै बैवाहिक जीवनमा परिणत हुन लागेको हो । अभिनेता सुधाशु ८ वर्षदेखि अमेरिका बस्दै आएका छन् ।

उनीहरुको विहे मंसिर ६ गते हुने बताइएको छ । मुनामदन फिल्मबाट उदाएकी उषाले ‘जाली रुमाल’ फिल्मबाट चर्चामा आएका अभिनेता जोशी इन्गेजमेन्ट समेत गरिसकेकी छन् । यसअघि प्रेम र विहेको कुरा अस्वीकार गर्दै अभिनेत्री उषाले यसपटक भने विहे हुन लागेको कुरा स्वीकार गरिन् ।

उषा मेरिल्यान्ड र सुधाशु भर्जिनियामा बस्दै आएका छन् ।

हेर्नुस् भिडियोः