काठमाडौं, २५ कात्तिक । अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्प पेशाले एक व्यापारी हुन् । उनको कर्पाेरेट ग्रुपको नाम ट्रम्प अर्गनाइजेशन हो । यसभित्र कैयौ कम्पनीहरु छन् । पहिले यसको नाम एलिजाबेथ ट्रम्प एण्ड सन थियो र यसको मुख्यालय न्युयोर्क सिटीमा छ । ट्रम्प यस ग्रुपका चेयरम्यान हुन् । फोर्ब्सका अनुसार सेप्टेम्बर २०१६ सम्म ट्रम्पको सम्पत्ति करिब २५ हजार करोड रुपैयाँ (३.७ बिलियन डलर) थियो । ट्रम्पको मुख्य व्यापार रियल स्टेटको छ ।
यस्तो छ ट्रम्पको सम्पत्ति र असेट्नको छोटो विवरणः
1) ट्रम्प टावर (न्यूयोर्क सिटी)
इण्डस्ट्री टाइपः अफिस एण्ड रिटेल । ट्रम्पको हिस्साः करिब २ लाख ४४ हजार स्क्वायर फिट । यो १९८३ मा खुला थियो । जसको हाल नेट भ्यालु ३७१ मिलियन डलर छ ।
2) १२९० एभेन्यु अफ द अमेरिकास (न्युयोर्क)
इण्डस्ट्री टाइपः अफिस एण्ड रिटेल । हिस्साः यसमा ट्रम्पको शेयर ३० प्रतिशत छ । नेट भ्यालुः करिब ४०९ मिलियन डलर ।
3) नाइकीटाउन (न्युयोर्क)
इण्डस्ट्री टाइपः रिटेल । हिस्साः यसलाई २०७९ सम्म ट्रम्प ग्रुपले भाडामा लिएको छ । नेट भ्यालुः ३९० मिलियन डलर ।
4) ट्रम्प इन्टरनेशनल होटल एण्ड टावर (न्युयोर्क)
इण्डस्ट्री टाइपः होटल/रेजिडेन्शल एण्ड रिटेल । नेट भ्यालुः ३८ मिलियन डलर ।
5) ट्रम्प पार्क (न्युयोर्क)
इण्डस्ट्री टाइपः रिजेडेन्शल एण्ड रिटेल । नेट भ्यालुः ८८ मिलियन डलर ।
6) ट्रम्प पार्क अभेन्यु (न्युयोर्क)
इण्डस्ट्री टाइपः रिजेडेन्शल एण्ड रिटेल । नेट भ्यालुः करिब १७७ मिलियन डलर ।
7) ४० वाल स्ट्रीट (न्युयोर्क)
इण्डस्ट्री टाइपः अफिस एण्ड रिटेल । नेट भ्यालुः करिब ३४५ मिलियन डलर ।
अरु के–के मा छ लगानी ?

माथि उल्लेखित सम्पत्तिका अलावा रियल स्टेटमा ट्रम्पका नाममा अरु पनि कैयौ विल्डिङ र होटलहरु छन् । साथै उनसँग गोल्फ कोर्स, लाइसेन्सिङ विजनेस र एयरक्राफ्ट्स पनि छ । उनको विजनेश विश्वका थुप्रै राष्ट्रहरुमा पनि जोडिएको छ ।























प्रतिक्रिया