१ कार्तिक २०८३, आइतबार

मिस एण्ड मिसेज नेवा:जापानको उपाधि संगीता शाक्यलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14976639_1806839462911811_2132310313611106531_oजापान । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले पहिलो पटक जापानमा मिस एण्ड मिसेज नेवा: जापान ११३७ नागानो केन को तातेसिना रिजोर्ट होटेलमा नोवेम्वर ६ आईतवार एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ ।
पहिलो मिस एण्ड मिसेज नेवा:जापान ११३७ को उपाधि टोकियो संगीता शाक्यले जितेकी छिन् । त्यस्तै दोस्रोमा अनुस्का शाक्य ,तेस्रोमा सृजना शाक्यले  उपाधि हासिल गर्नु भएकी छिन् ।
त्यस्तै क्रमसः चौथौमा सनम रंजितकार ,पाँचौमा प्रमिला शाक्य ,छैंठौमा शर्मिला शाक्य ,सातौंमा खुशी डंगोल सुबेदी ,आठौंमा नेहा श्रेष्ठ ,नवौंमा शर्मिला महर्जन र दशौं स्थानमा मेलिना महर्जन पर्नु भएकी छिन् । प्रतियोगितामा ४३ जनाले प्रतिस्पर्धीहरु गरेका थिए ।
तातेसिना नागानोको कार्यक्रममा रुमी शाक्य ,रिया जोशी र सकुल प्रजापतिले नेवार नाच र युको ओकामोतोले चर्या नृत्य र त्यसको परिचय प्रस्तुत गरेका थिए l रुकेश गोसाईले धिमेबाजा र रोहित सिल्पकारले भुस्या बाजा बजाई मनोरंजन दिएका थिए ।
15000026_1806838202911937_439157544847012508_o
कार्यक्रममा बोल्दै वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सह सयोंजक इन्दिरा सुजुकी राजभण्डारीले नेवार मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सो अवसरमा कार्यक्रमका संयोजक सुनिल कुमार शाक्यले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै आफ्नो मन्तब्य दिने क्रममा सो कार्यक्रमका प्रमुख अतिथि भवन भट्टज्युले नेवार मौलिक संस्कृति ,भाषा ,भेषभुषा नेपालको गहना भएको हुनाले यसलाई संरक्षण र सम्बर्द्वन गर्नु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग ,सिटी एक्सप्रेस एण्ड ट्राभलका प्रबन्धक महेश श्रेष्ठ ,नेपाल भाषा प्रस्ट बोल्ने जापानिज ब्यांचा दाई ,कास्की पोखरा समाजका वरिष्ठ सल्लाहकार प्रकाश लाल श्रेष्ठ ,रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ ,रामेछाप जापान समाजका प्रमुख सल्लाहकार सुरेन्द्र लाल श्रेष्ठ ,पर्वत समाज जापानका अध्यक्ष ईस्वर जोशी ,नेवा:जागरण जापानका अध्यक्ष जनक राज शाक्य ,नेवा:गुठी जापानका संस्थापक अध्यक्ष सकुल प्रजापति ,वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सल्लाहकार अनिल कुमार शाक्य ,ओकिनावा प्रतिनिधि नारायण जोशी ,संस्थाकी सह संयोजक इन्दिरा सुजुकी राजभण्डारी ,एन आर एन जापानकी सदस्य सबिता श्रेष्ठज्यु,कलाकारहरु युको ओकामोतो मल्ल ,रिया जोशी र रुमि शाक्यलाई खादा ओढाई सम्मान गरिएको थियो ।
त्यस्तै मिस एण्ड मिसेज नेवा: जापानमा उपाधि हासिल गर्ने सुन्दरीहरुलाई महेश श्रेष्ठज्युले प्रमाण पत्र बितरण गरेका थिए भने भबन भट्ट ज्युले ताज पहिरयाई  दिएका थिए l त्यस्तै राजन प्रधानाङ्गज्युले बिजयी सुन्दरीहरुलाई शास लगाई दिएका थिए ।
यसअघि प्रतिस्पर्धीहरुको कल्चरल फोटोसुट गरिएको थियो । प्रतिस्पर्धीहरुको फोटो अफिसियल फोटोग्राफर मनोहरु लाल र नरेन्द्र कुमार शाक्यले खिचेका थिए ।
मिस एण्ड मिसेज नेवाः जापान ११३७ का विजेताले ३० हजार येन नगद, फस्ट रनरअपले २० हजार येन र सेकेण्ड रनरअपले १० हजार येन नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यसरी नै तेस्रो रनर देखि दशौं रनर सम्मले बिभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।
14976651_1806826559579768_8444946552900186168_oनागानो केनको कार्यक्रममा बिजेता ,फस्ट रनर र अरु बिजेताहरु पनि उपस्थित हुन् नसकेको हुनाले उहाँहरुलाई अर्को कार्यक्रम गरि उपहार वितरण गर्ने छन् । उक्त दिनको कार्यक्रममा बिजेता र फस्ट रनर उपस्थित हुन् नसकेको हुनाले सेकेण्ड रनर ,फोर्थ रनर र फिफ्ट रनरलाई क्रमश ताज पहिल्याईएको थियो ।
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि जनक राज शाक्यले मिस एण्ड मिसेज नेवा:जापान ११३७ सोचे भन्दा धेरै भास्ट भैइदिएको हुनाले सम्पूर्ण प्रतिस्पर्धिहरुलाई सन्तुस्ट पुरयाउन नसकेकोमा क्षमा माग्दै आगामी दिनहरुमा अझ व्यवस्थितरुपमा कार्यक्रमको आयोजना गर्ने बाचा गर्नु भयो ।
त्यस्तै उहाँले  नेपालभाषा तथा संस्कृतिलाई कायम राख्नको लागी भाषा संस्कार संस्कृतीको जर्गेना गर्न यसको संरक्षण र सम्वर्धन गर्नु मिस एण्ड मिसेज नेवा:जापान ११३७ ले गहन भुमीका खेलेको बारे प्रकाश पारेका थिए ।
उक्त दिनको कार्यक्रमको संचालन रुमि शाक्य ,सम्रिता शाक्य ,रोजी शाक्य र अस्मिता कार्की श्रेष्ठले गरेकी थिईन ।