– रञ्जित लामा
कैलाली । चर्चित गीत “तिम्रो नजिक बन्दिन म पर–पर सर्छ्यौ भने” को म्यूजिक भिडियोको छायांकन मंगलबार बिधिवतरुपमा सम्पन्न भएको छ ।
सुदूरपश्चिमबाट उदाउदा निर्देशक तथा कलाकार जी.बी. आग्रीको निर्देशनमा सो गीतको भिडियो छायाङ्कन सम्पन्न भएको हो ।
डम्बर बिकको स्वर रहेको गीतको म्यूजिक भिडियो सुदूरपश्चिमका रमणीय स्थलहरुमा छायांकन गरिएको छ । सो म्यूजिक भिडियोमा सुशीलजङ्ग कुंवर, रागी लामा, फारी खान र दुर्गा चन्दको अभिनय रहेको छ, भने क्यामेरा तथा भिडियो सम्पादन हरिश सिन्हाको रहेको म्युजिक भिडियोका क्र्यूमेम्बर रागी लामाले जानकारी दिनु भयो । ‘संघर्ष’ एल्बममा समेटिएको सो गीतको शब्दकार गोपाल बि.क.र सङ्गीतकार रेखा पौडेल हुनुहुन्छ ।
हाल कलिउडमा कतिपय चर्चित सिनेकर्मीहरु र नाम चलेका टेक्निसियनहरु सुदूरपश्चिमबाट केन्द्रमा तहलका मच्चाईरहेको सन्दर्भमा पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा चलचित्र तथा म्यूजिक भिडियो उल्लेख्य रुपमा निर्माण हुने लहर छाएको छ । म्युजिक भिडियोका निर्देशक जी.बी. आग्रीले – “थारु, डोटेली लगायत स्थानीय भाषाको चलचित्र र म्यूजिक भिडियो सुदूरपश्चिम क्षेत्रमा बन्नाले एकातिर भेषभुषा, भाषा, संस्कृति र कलाको संरक्षण हुँदै गईरहेको छ भने यसले विदेशी चलचित्रहरुलाईसमेत निरुत्साहित गरिरहेकोे” बताउनुभयो ।
केन्द्रबाटै ठूलो ब्यानरको चलचित्र ‘फूटपाथ’ निर्देशन गरिसक्नु भएका निर्देशक आग्रीले अछामी भाषाको चलचित्र रायमती र आधुनिक बिकृति, बिसङ्गतीलाई समेटेर चलचित्र ‘रुम पार्टनर’ पनि निर्माणको तयारीमा रहेको बताउनुभयो ।
राग भिजन मल्टिमुभि प्रा.लि. ब्यानरमा निर्माण गरिएको सो म्यूजिक भिडियोले राम्रौ चर्चा बटुल्नेमा निर्देशक आशावादी छन् ।
















प्रतिक्रिया