१ कार्तिक २०८३, आइतबार

हिलारीलाई किन धन्यवाद दिए ट्रम्पले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hillary_trump7

न्युयोर्क, २४ कात्तिक । अमेरिकामा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी हुनुभएको छ । ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति हुनुभएको हो ।

हिलारीले देशको लागि गर्नुभएको कडा परिश्रम र सेवाप्रति ट्रम्पले आफू आभारी भएको समेत बताउनुभएको छ । 

उहाँका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहनुभएको थियो ।

यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताउनुभएको छ ।

हिलारीले देशको लागि गर्नुभएको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत बताउनुभएको छ । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिनुभएको ट्रम्पले बताउनुभएको छ । साथै क्लिन्टनले आफ्नु पराजय स्विकार गर्नुभएको छ ।

यहाँसम्म दुबै उम्मेदवारले हासिल गर्नुभएको राष्ट्रपति पद चयनार्थ प्रदान हुने ‘विशेष मत’ (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २८८ र क्लिन्टनले २१५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति पदमा विजयी हुन् २७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।