१ कार्तिक २०८३, आइतबार

डोनाल्ड ट्रम्पको जित निश्चित, अब ४ मत आवश्यक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

donald

काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित करिब करिब निश्चित भएको छ ।

पछिल्लो मतपरिणामअनुसार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निकै पछि पारेका छन् ।

बीबीसीका अनुसार ५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । परिणाममा ट्रम्पले २६६ इलेक्टोरल भोट जितेका छन् भने हिलारीले २१८ भोट जितेकी छन् ।

५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ । अब ट्रम्पलाई जितका लागि मात्र ४ भोट आवश्यक छ ।