काठमाडौं, २४ कात्तिक । नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै बढेको छ ।
नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार अमेरिकी राष्ट्रपति निर्वाचनले डलरको भाउ घट्नु तथा भारतमा पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लाग्नाले नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।
महासंघका अध्यक्ष मणिरत्न शाक्यले डलरको भाउ घट्दा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएको बताए ।
उनका अनुसार मंगलबार प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोवाबार भएको सुनको भाउ बुधबार एकैपटक १३ सय रुपैयाँले बढेर ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
















प्रतिक्रिया