काठमाडौं, २४ कात्तिक । पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको भारत सरकारले पहिलोपटक दुई हजारको नोट ल्याउने तयारी गरेको छ ।
दुई हजारको सँगै पाँच सय रुपैयाँको पनि नयाँ नोट आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब भारतमा एक हजारको नोट भने चल्नेछैन् ।
समाचारमा जनाइएअनुसार अर्काे महिनाबाट ५ सय र २ हजारका नयाँ नोट बजारमा आउनेछन् ।
नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले मंगलबार कालोधन नियन्त्रणका लागि भन्दै भारतमा पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको थियो ।
५ सय र १ हजारको भारु साटन उसले नोभेम्बर १० देखि डिसेम्बर ३० तारिखसम्मको समय दिएको छ ।
















प्रतिक्रिया