अत्तरिया, २३ कात्तिक । एनआईसी एसिया वैंकले अत्तरियामा कारोवार सुरु गरेको छ । ७१ औं शाखाका रुपमा सुदूरपश्चिमको प्रवेशद्धार मानिने अत्तरीयामा वैंकिङ कारोवार सुरु गरिएको हो ।
अत्तरीया शाखाको मंगलवार एक समारोहका वीचमा अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त रोकायाले उद्घाटन गर्नुभयो । अत्तरीया सहित मंगलवार नै नयाँ ७ वटा शाखा खुलेपछि वैंकको शाखा सन्जाल ७६ पुगेको छ भने एटीएम संख्या ६९ पुगेको छ । उद्घाटन समारोहमा नायव महाप्रवन्धक विमल डाँगाको पनि उपस्थिति रहेको थियो ।
अत्याधुनिक वैंकिङ कारोवार सहितका सवै सेवा सुविधा अत्तरीयामा नै उपलव्ध गराउने र यसक्षेत्रका ग्राहकहरुलाई राहत पुग्ने अत्तरीया शाखाका प्रवन्धक कृष्ण कुमार पन्तले जानकारी दिनुभयो । गाउँ गाउँसम्म सन्जाल विस्तार गर्न र ग्राहकले पुर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म जुनसुकै स्थानमा गएर पनि सेवा दिनका नयाँ शाखा स्थापना भईरहेको उहाँले वताउनुभयो ।
अत्तरीया शाखाले मोवाईल वैकिङ, ईन्टरनेट वैकिङ, भिसा डेविड कार्ड, भिसा क्रेडिड कार्ड, लकर सुविधा, कम व्याजमा विभिन्न कर्जा सुविधाहरु उपलव्ध गराउने छ । वैंकले हरेक सम्भावित वजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलव्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाडै नै थप शाखाहरु सञ्चालन गर्ने योजना अगाडी वढाएको एनआईसि एसिया वैंक केन्द्रिय कार्यालयका कर्पोरेट कम्युनिकेसन एण्ड व्राण्डिङ हेड भानु दवाडीले जानकारी दिनुभयो । शाखा सन्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसि एसिया वैंक निजि क्षेत्रको अग्रणी वैंक मध्येको एक रहेको उहाँको भनाई छ ।
वैंकले गत त्रैमासिक अवधिमा आर्थिक वर्षको सोही अवधिमको तुलनामा कर्जा सापटीमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफाको ६६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको वैंकको दावी रहेको छ । वैंकको पुँजी पर्याप्तता अनुपात साढे १२ प्रतिशत रहेकोले यसले वैंकको पुँजीको अवस्था सुदृढ रहेको वैंकले जानकारी दिएको छ । वैंकको हालै सम्पन्न १९ औं साधारण सभाले वैंकको शेयरधनीहरुलाई २६ प्रतिशत वोनस शेयर तथा त्यसपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
















प्रतिक्रिया