१ कार्तिक २०८३, आइतबार

यी हिरोइनसँग डराउथे सलमान, ३५ वर्षपछि खोले रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-sri-deviमुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो जीवनको अर्काे गोप्य कुराको खुलासा गरेका छन् ।

उनले आफ्नो करियरको सुरुवातको क्रममा ८०–९० को दशकमा बलिउडकी फेमश अभिनेत्री श्रीदेवीसँग निकै डराउने गरेको बताएका हुन् ।

श्रीदेवी त्यो बेलाकी चर्चित अभिनेत्री थिइन् । सामान्य परिवारकी उनले २०० फिल्ममा काम गरेकी छन् । त्यो बेला उनको भ्यालु हिरो बराबर नै थियो । यसका अलावा हिरो पनि उनसँग काम गर्न डराउथे । श्रीदेवी ‘हिम्मतवाला’ फिल्मबाट स्टार बनेकी थिइन् । त्यो बेला उनले सबैभन्दा बढी १ करोड पारिश्रमिक लिएको समाचार पनि चर्चित बनेको थियो ।

तर, अहिले उनी हराइन् । बलिउडमा अहिले सलमानको बोलावाला छ । तर, करियरको सुरुवातमा सलमान श्रीदेवीसँग काम गर्न हिम्मत गर्न सक्दैनथे अर्थात उनी डराउथे । यसको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन् । अन्तर्वार्तामा सलमानले आफै भनेका छन् कि मलाई श्रीदेवीसँग काम गनए डर लाग्थ्यो ।

salman-sridevi

उनले काम गदाए डर लाग्नुको कारण पनि बताउँदै भनेका छन्– जून फिल्ममा श्रीदेवी हुन्थिन्, अर्काे कालकारलाई दर्शकले इग्नोर गर्थे । उनीहरुको मष्तिष्कमा केवल अभिनेत्री श्रीदेवी मात्रै हुन्थिन् ।