२ कार्तिक २०८३, सोमबार

“आईएमई हात हुँदैन खाली” योजना अन्तर्गतका विजेतालाई उपहार प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ime-winner

काठमाडौं २२, र्काित्त । रेमिटेन्स सेवाको पर्याय नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीद्धारा संयुक्त रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गर्नुभयो ।

कन्ट्रोल नं. ९०६७९०८०१७, ७७७९७४२१३८७, ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरु तिलकबहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ भाग्यशाली हुनुभएको थियो । विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड््का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हप्ताको लागि एक–एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको थियो ।

यहि आश्विन १, देखि ३०, सम्म संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा १४९ आईएमई सेन्टर सहित ५,२०० सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी हुनुभएको थियो ।

योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले विभिन्न मर्चेन्डाईज निश्चित उपहारस्वरूप पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटी उपहारस्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।