१ कार्तिक २०८३, आइतबार

अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने प्रस्तावको विरोधमा उत्रिए राजेश हमाल

34.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-hamal

काठमाडौं । महानायक राजेश हमालले अंगीकृतलाई राष्ट्र प्रमुख बनाउने गरी आएको भनिएको संविधान संशोधन प्रस्तावको विरोध गरेका छन् ।

आइतबार (हिजो) राजधानीको माइतीघरमा युवाहरुले उक्त प्रस्तावमा गरेको विरोध प्रदर्शनका तस्वीरहरु सोमबार विहानै सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर गर्दै उनले जनमतको कदर गर्न आग्रह गरेका छन् । उनले भनेका छन्– ‘नागरिकको यो आवाज ठूलो र क्लियर छ । कृपया सुन्नुस् ।’

सरकारले अंगीकृत नागरिकता लिएका व्यक्तिले १० वर्ष बसोबासपछि नेपालको राष्ट्रप्रमुख बन्न पाउनेगरी संविधान संशोधन प्रस्ताव ल्याएको खबर सार्वजनिक भएलगत्तै युवाहरुले आइतबार माइतीघरमा सरकारविरुद्ध ‘लेन्डुपे सरकार चाहिँदैन, ज्वाइँ राजनीति बन्द गर’ नारा लगाउँदै प्रदर्शन गरेका थिए ।