१ कार्तिक २०८३, आइतबार

अमेरिकामा सडक दुर्घटना, एकै परिवारका चार नेपालीको मृत्यु

50.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khanalकाठमाडौं, २२ कात्तिक । अमेरिकाको जर्जिया स्टेटको जेफर्सन काउन्ट्रीस्थित हाइवेमा नेपालीहरू सवार कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटना स्थानीय समय अनुसार शुक्रबार राति ९ बजे हो ।

दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको जर्जियाबाट नेपाली मुलका अमेरिकन नागरिक रामप्रसाद खनालले जानकारी दिएका छन् । खनालले फेसबुकमा राखेको सन्देश अनुसार गुल्मी जिल्ला धुर्कोट घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका चिरञ्जीवी खनालसहितको छ जनाको परिवार कार दुर्घटना परेको हो ।

दुर्घटनामा चिरञ्जीवी खनाल (बाबु), मञ्जरी शर्मा खनाल (आमा), प्रतिमा खनाल (बुहारी) तथा आफन्त ऋच्चा पन्त (बिहे हुन बाँकी) को मृत्यु भएको हो । उनीहरूको शवलाई जर्जियास्थित अगस्ता हस्पिटलमा राखिएको छ । गम्भीर घाइते दाजुभाइ सुवास र समिर खनालको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

accसमिर करङ भाँच्चिएका छन् भने सुवासको दुबै खुट्टा भाँच्चिएको अमेरिकाबाट रामप्रसाद खनालले फेसबुकमा अपलोड गरेको भिडियोमा उल्लेख छ । कारलाई समिरले चलाएका थिए ।

तीव्र गतिमा रहेको कारलाई १६ चक्के ठूलो ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

car-accident-americaनेपालमा कर कार्यालयमा जागिरे चिरञ्जीवी खनाल भरखरै मात्रै रिटार्ड भएका थिए । उनी दुई छोराहरूसँग बस्नका लागि पत्नी मञ्जरी शर्मा खनाललाई लिएर अमेरिका गएका हुन् ।

आफ्ना भाञ्जा यज्ञहरि पौडेलको घरबाट फर्कने क्रममा छ जनाको खनाल परिवार गम्भीर सडक दुर्घटनामा परेको हो । घाइते सुवास र समिरको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।