१ कार्तिक २०८३, आइतबार

फिल्म ‘पार्सल’को गीत र प्रोमो सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parcel

काठमाडौं । सामाजिक कथामा निर्माण गरिएको फिल्म पार्सल फिल्मको गीत, प्रोमो र पोस्टर आइतबार धरानको रत्न होटलमा एक कार्यक्रम गरि सार्वजनीक गरियो ।

आगामी मंसिर २४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको पार्सल किशोर सम्वाहाम्फे लिम्बूले रबिन श्रेष्ठको निर्देशनमा निर्माण गरेको हुन् । फिल्ममा अधिकांश दृश्य पूर्वाञ्चलमा खिचीएको र उतैका कलाकारको जमघट रहेकाले धरानमा कार्यक्रम गरि गीत तथा प्रोमो सार्वजनीक गरिएको निर्माता किशोरले बताए ।

प्रा. डा टंक न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अथितिहरु पूर्व ओलम्पीयन बक्सर नरेन्द्र प्रोमु लिम्बू, पूर्वाञ्चल वितरक चैतन्य बराल, पुराना फिल्म निर्माता कुवेर शर्मा, निर्माता रिमेश अधिकारी, हल ब्याबसायि बिकास कोइराला, भोलामान श्रेष्ठलगायतले पार्सलको सफलताको शुभकामना ब्यक्त गरेका थिए । सोही कार्यक्रममा चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याए बापत बितरक चैतन्य बराल, बिकास कोइराला, शारदा शाक्य, संचारकर्मी गोपाल दाहाललगायतलाई पार्सल युनीटले सम्मान गरेको थियो ।

किशोर खतिवडा, प्रेम सुब्बा, बिक्रम सिंह, नीता ढुंगाना, प्रभु श्रेष्ठ, प्रेषिका निरौला, किशोर सम्वाहाम्फे, सृजना लिम्बूलगायतले अभिनय गरेको फिल्म युवराज राईले खिचेका हुन् । बिकास चौधरीको संगीत रहेको फिल्मको कोरियोग्राफी गोबिन्द राइले गरेका हुन् । दक्षकुमार राई कार्यकारी निर्माता रहेको फिल्म भरपुर मनोरञ्जन दिने दावी निर्देशक रबिनको छ ।