मुम्बई । प्रदर्शनरत फिल्म ‘ए दिल है मुश्किल’ मा अभिनेता रणवीर कपुरसँग ऐश्वर्या राय बच्चनले दिएको बोल्ड सीनबारे अभिषेक बच्चनले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
बोल्ड सीन दिदा परिवारले मन नपराएपनि पति अभिषेकले फिल्म ‘ए दिल है मुस्किल’ मा ऐश्वर्या शानदार र राम्री देखिएको बताए ।
भारतीय सञ्चारमाध्यमका अनुसार इन्डियन सुपर लिग अन्तर्गतको फ्रेंचाइजी चेन्नइयन एफसीका मालिकहरू मध्येकाएक अभिषेकले हालै एक कार्यक्रममा भने ‘दुर्भाग्य मैले अहिलेसम्म सो फिल्म हेरेको छैन । आफ्नो फुटबल टिमसंग हिडेकाले हेर्न पाइँन । आउने दिनमा हेर्नेछु ।’
उनले भने ‘फिल्मको केही अंश हेरेको छु । फिल्मको सुटिङ हुँदै गर्दा हेरेको केही अंशमै म हेरेको हेर्यै भएको थिएँ । मलाई लाग्छ उनी शानदार देखिएकी होलिन । म करण जौहरको पुरै टिमलाई धन्यवाद दिन्छु ।’
















प्रतिक्रिया