काठमाडौं, २१ कात्तिक । इन्डोनेसियाको बालीमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८५औं महासभामा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई शनिबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
महानिरीक्षक राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा र जीतबहादुर पुनले विदाई गर्नुभयो ।
महानिरीक्षक राईका साथ सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज श्रेष्ठ र सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र गुरागाई समेत इन्डोनेसियातर्फ जानुभएको छ ।
इन्टरपोलको उक्त महासभा यही कार्तिक २२ गते देखि २५ गते सम्म हुने कार्यक्रम रहेको छ । महासभामा इन्टरपोलको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी रहने छन् । इन्टरपोलमा हाल १९० राष्ट्र सदस्य छन् ।













प्रतिक्रिया