– मोहन पौडेल
परासी, २१ कात्तिक । जिल्ला वन कार्यालय नवलपरासीले वन अतिक्रमण नियन्त्रणका लागि पहल सुरु गरेको छ । विभिन्न बहानामा वन अतिक्रमण गर्ने कार्य नरोकिएपछि रणनिति नै बनाएर अतिक्रमण नियन्त्रणको काम थालिएको कार्यालयले जनाएको छ ।
नवलपरासीको राजमार्ग आसपास र पहाडि क्षेत्रमा वन रहेको छ । विशेषगरि राजमार्ग आसपासमा रहेको वन क्षेत्रलाई विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवँ व्यक्तिगत रुपले विभिन्न बहानामा वन अतिक्रमण भईरहेको छ ।
विभिन्न मठमन्दिर, विद्यालय, खेलमैदान, हाटबजार, मेला प्रर्दशनी, भौतिक संरचना निर्माणको बहानामा सरकारी तथा गैरसरकारी निकायबाट वन अतिक्रमण भईरहेको छ भने बजार विस्तार, सुकुम्वासी, विपन्न समुदायको नाममा वन अतिक्रमण पनि बढीरहेको कार्यालयले जनाएको छ ।
एक लाख २२ हजार हेक्टर क्षेत्रफल वन क्षेत्रले आगेटेको नवलपरासीमा चार हजार भन्दा बढी वन क्षेत्र अतिक्रमण भईसकेको छ । पहिलो चरणमा अतिक्रमण भएकोे स्थान, कारण, त्यहाँको अवस्था, जनसंख्या लगायतको तथ्यांक संकलन गरि कुन क्षेत्रबाट नियन्त्रण सुरुगर्ने भन्ने समेत निक्र्यौैल गरेर काम थालिएको सहायक वन अधिकृत भिम पौडेलले जानकारी दिनुभयो ।
त्यस्का लागि आवश्यक जनशक्ति तथा पुर्वाधारको लागि वन विभागमा माग गरि पठाईएको र त्यहाँबाट प्राप्त हुनासाथ वन अतिक्रमण नियन्त्रणको कामलाई तिव्र रुपमा सन्चालन गरिने सहायक वन अधिकृत पौडेलले बताउनुभयो













प्रतिक्रिया