१९ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा जेठाजुले बन्चरो प्रहार गरी भाईबुहारीको हत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpur

भीमदत्तनगर, २१ कात्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

आज बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । जेठाजुको बन्चरो प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहेका बेला जेठाजुले बुहारीको हत्या गर्नुको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले फरार रहेका भट्टको व्यापक खोजी गरिरहेको जनाएको छ । रासस