मुम्बई । बलिउडमा अभिनेता अक्षय कुमारका फिल्महरू धमाधम हिट भइरहेका छन् । फिल्म हिट भएपछि अक्षय कुमारको भाउ पनि बढेको छ ।
एक वर्षमा सबैभन्दा धेरै ‘हिट’ फिल्म दिने कलाकारको सूचीमा उनको नाम सबैभन्दा अगाडि आउँछ । उनीसँग सम्झौता गर्न विभिन्न कम्पनी अग्रसर भइरहेका समाचार आइरहेका छन् ।
अक्षयका आगामी फिल्मका इन्टरनेट तथा स्याटलाइट अधिकार लिन चाहेका थिए । अबका दुई वर्षमा अक्षयका नौ फिल्म आउँदै छन् ।
यी सबै फिल्मका लागि उनले एउटा कम्पनीसँग स्याटलाइट अधिकार दिने सम्झौता गरिसकेका छन् । अहिलेसम्म कुन कम्पनीसँग उनले सम्झौता गरेका हुन् भन्ने खुलाइएको छैन ।
पछिल्लो समय के चाहिँ चर्चा छ भने अक्षयले पारिश्रमिक पनि बढाएका छन् । यसअघि उनले एउटा फिल्मको ३० करोड भारतीय रुपैयाँ लिँदै आएका थिए ।
अबका सबै फिल्मका लागि उनले ४५ देखि ५० करोडसम्म लिने चर्चा अहिले बलिउडमा निकै चलेको छ । – एजेन्सी















प्रतिक्रिया