१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा ८ वटा स्थानीय तह बनाउने सहमति

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramechhap

– नवराज श्रेष्ठ

रामेछाप, २० कात्तिक । धेरै लामो कसरत पछि अन्तत रामेछापमा ८ स्थानिय तह बन्ने भएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको छलफलमा ८ वटा स्थानीय तह बनाउन राजनीतिक दलहरु सहमत भएका हुन् ।

स्थानीय तह पुनसंरचना प्राविधक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी दीनेशराज पन्तको अध्यक्षतामा बसेको बैठकमा यस्तो सहमति भएको हो । बैठकले जिल्लामा २ वटा नगरपालीका र ६ वटा गाउँपालिका गठन गर्नका लागि राज्य पुनसंरचना आयोगमा शिफारिस गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी दीनेशराज पन्तले जानकारी दिए ।

जसअनुसार गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती, गुप्तेश्वर र भुजी गाविसलाई समेटेर उमाकुण्ड गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र प्रितीको लाप्चानेदेखि अजमडाँडासम्म प्रस्ताव गरिएको छ । यसैगै चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी र फर्पु गाविसलाई समेटेर बनाउन लागिएको गोकुलगंगा गाउँपालीकाको केन्द्र रस्नालुको भिमेशेनस्थान प्रस्ताव गरिएको छ ।

त्यसैगरी दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविसलाई समेटेर लिखु गाउँ पालीका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र धोवी प्रस्ताव गरिएको छ ।

मन्थली र रामेछाप २ वटा नगरपालीका शिफारिस गरिएको छ । हालको सदरमुकाम रहेको मन्थली नगरपालीमा थप हालका गेलु, चनखु, पुरानागाउँ र फुलासी गाविस समेत समेटेर मन्थली नगरपालीका निर्माण गर्न प्रस्ताव गरिएको छ । जसको केन्द्र मन्थलीलाई प्रस्ताग गरिएको छ । हालको रामेछाप नगरपालीमा हालका रामपुर, हिमगंगा, साँघुटार, देउराली र गोठगाउँ गाविसलाई समेटेर रामेछाप नगरापलीका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र रामेछाप बजारदेखि ओख्रेनीको गणेशटारसम्म राख्न प्रस्ताव गरिएको छ ।

नयाँ प्रस्ताव गरिएको सुनापति गाउँपालिकामा गुन्सीको वडा नं १ देखि ७ , दिमिपोखरी, हिलेदेवी, वेथान र खनियापानी समेटी हिलेदेवीलाई केन्द्र बनाउन प्रस्ताव गरिएको छ । यस्तै राकाथुम, खाँडादेवी, मझुवा, भिरपानी, माकादुम, पकरबास, गागल र पिंखुरी गाविसलाई जोडेर खाँडादेवी गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जसको केन्द्र विन्दु माकादुम बनाउन प्रस्ताव गरिएको छ ।

डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी गाविसको ८ र ९ नं वडालाई समेटेर निर्माणको लागि प्रस्ता गरिएको शैलुङ÷दोरम्बा गाउँ पालिकाको केन्द्र टोकरपुर ३ थामचौर तोकिएको छ ।

राज्य पुनसंरचना आयोगले रामेछापलाई ७ देखि ८ वटा स्थानीय तह बनाउनको लागि शिफारिस गर्न आग्रह गरेको थियो । सोही अनुसार दलहरुले यसमा सहमति गरेका हुन् ।