मुम्बई । बलिउड अभिनेता आदित्य पंचोलीलाई एक वर्षको जेल सजाय सुनाइएको छ ।
मुम्बईको अंधेरी अदालतले शनिबार छिमेकीमाथि हमला गरेको घटनामाथि आदित्यविरुद्ध परेको मुद्दामा दोषी ठहर गर्दै उनलाई एक वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका अलावा यो घटनाका लागि आदित्यलाई २० हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।
आदित्यविरुद्ध सन् २००५ मा यो मुद्दा दर्ता भएको थियो । उजुरीकर्ताले आफ्नो उजुरीमा आदित्यको हमलाबाट आफ्नो नाकाबाट रगत बगेको र कैयौ गम्भीर चोट लागेको आरोप लगाएका थिए । आदित्यले ती आरोपहरुको खण्डन गर्दै आएका थिए ।
फैसलापछि आदित्यका वकिलले अदालतसमक्ष जमानतको अपील गरेका थिए । त्यसका लागि अदालतले १२ हजार रुपैयाँ तोकेको छ । अब आदित्य जमानतमा रिहा हुनेछन् ।
















प्रतिक्रिया