स्याङजा, २० कात्तिक । प्याराग्लाडिङ उडाउने क्रममा अनियन्त्रित भई रुखमा ठोकिंदा पोखरा लेकसाईड घर बताउने २५ बर्षीय शैलेष पहरीको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लस्वरेक–१ मैदानमा पोखरा ब्लुस्काई प्याराग्लाडिङ स्कुलमा उनले शुक्रबार प्याराग्लाडिङ उडाउने क्रममा अनियन्त्रित भई रुखमा ठोकिंदा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।













प्रतिक्रिया