१ कार्तिक २०८३, आइतबार

खड्ग गर्बुजा र दुर्गा परियारको स्वरमा ‘हाम्रो जिल्ला म्याग्दी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gurung-mahila-girlsकाठमाडौं । समग्र म्याग्दीलाई चिनाउने गरी गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरे ।

भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफुलाई मन परेको बताए ।

एउटा जिल्लालाई विभिन्न कोणबाट सांस्कृतिक र पर्यटकीय रुपमा चिनाउन सक्नु गीतकारको लेखनको खुबी भएको दाबी गरे ।

गीतकार शेरचनले आफु सानैदेखि गीत संगीतप्रति हुरुक्कै हुने गरेको बताउँदै आफ्नो जिल्लालाई चिनाउन गीत लेखेकोमा खुशी व्यक्त गरे ।

शेरचनका एल्बम ‘खुकुरी’, लोकदोहोरी एल्बम ‘हुन्छु निराश’, बाँसुरीको धुन संग्रहित एल्बम ‘इमेज अफ हिमालय’, ‘कल अफ फ्ल्युट’ र ‘हाम्रो म्याग्दी’ बजारमा आईसकेका छन् ।

भिडियोको गीतमा खड्ग गर्बुजा र दुर्गा परियारको स्वर छ । मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको भिडियोमा बद्री केसी, यशोदा बुर्जा पुन र ज्योति भट्टचनले अभिनय गरेका छन् ।

भिडियोमा बद्रीकै कोरियोग्राफी, खिमबहादुर गुरुङको छायांकन,बालकाशी गुरुङको सम्पादन र भोजबहादुर गुरुङको निर्देशन छ । भिडियोमा म्याग्दीका रमणीय स्थानहरुलाई कैद गरिएको छ ।