मुम्बई । टेलिभिजन कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेको महिनौं वितिसकेको छ, तर अहिलेसम्म उनको मृत्यु प्रकरण सुल्झिएको छैन् ।
अहिले प्रत्युषाको मृत्युपूर्व प्रेमी राहुल राज र उनीबीच भएको कुराकानी सार्वजनिक भएको छ । करिब ३० मिनेटको फोनवार्ताले प्रत्युषालाई राहुलले वेश्यावृत्तिमा लाग्न बाध्य पारेको र जसबाट उनी निकै दुःखी रहेको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मर्नुभन्दा पहिला राहुलसँग भएको फोनमा प्रत्युषाले भनेकी थिइन्– ‘म यहाँ आफूलाई बेच्न आएकी थिइन् । एक्टिंग गर्न आएकी थिए, काम गर्न आएको थिए । हेर आज तिमीले मलाई कहाँ ल्याएर छाड्यौं । राहुल तिमीलाई कुनै मतलब नहोला आज म कति नराम्रो महसुस गरिरहेकी छु ।’
‘मुम्बई मिरर’ले प्रत्युषा र राहुलबीच भएको यो कनवर्सेशनको टान्सक्रिप्टको कपी फेला पारेको छ । प्रत्युषाका आमाबुवाका वकिल नीरज गुप्ताका अनुसार प्रत्युषाले मर्नुभन्दा पहिला राहुलसँग अन्तिम कुरा गरेकी थिइन् । उनका अनुसार यो कुराकानीबाट पुष्टि हुन्छ कि प्रत्युषाले राहुलका कारण वेश्यावृत्ति अपनाउनुपरेको थियो ।
२४ वर्षीय प्रत्युषा बनर्जीले यसै वर्षको अप्रिल १ गते मुम्बईको गोरेगाउँमा आफ्नो अपार्टमेन्टमा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । प्रेमी राहुल राज यो घटनाका आरोपी हुन्, तरअहिले उनी जेल बाहिर छन् ।
प्रत्युषाका आमाबुवाले यो मुद्दालाई अब अगाडि बढाउने तयारी गरेका छन् । प्रत्युषा चर्चित टेलिसिरियल ‘बालिका बधु’मा कार्यरत थिइन् ।
















प्रतिक्रिया