१२ कार्तिक २०८३, बिहिबार

नेपाली नेताहरूलाई मुखर्जीले यसरी दिए सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranav-mukharjiकाठमाडौं, १९ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतले सदैव नेपालको राजनीतिक स्थायित्व, शान्ति र समुन्नतिका लागि अगाडि बढेको देख्न चाहेको बताएका छन् ।

उनले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको अवस्थामा भारतले आफ्ना अनुभवहरूद्वारा नेपालमा बहुदलीय लोकतन्त्रको सुदृढीकरण, सामाजिक, आर्थिक विकास र लोकतन्त्र संस्थागत गर्न सहयोग गर्न सक्ने पनि बताए । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्पोरेरी स्टडिज र इन्डिया फाउन्डेसन नयाँ दिल्लीले काठमाडौँमा आयोजना गरेको दुईदिने नेपाल भारतबीच नयाँ आयामको खोज विषयक गोष्ठी समापनका अवसरमा बिहीबार यस्तो बताएका हुन् ।

राष्ट्रपति मुखर्जीले विभिन्न भूमिकामा आफू यसअघि पनि पटकपटक नेपाल आएको स्मरण गर्दै विगतको तुलनामा नेपालमा राजनीतिक परिवर्तन, नयाँ संविधान, विकासका दृष्टिकोण अगाडि बढेको चर्चा गरे ।

उनले नेपालले हासिल गरेको उपलब्धिलाई स्वागत गर्दै समाजका सबै पक्षलाई समेटेर त्यसको सफल कार्यान्वयनमा अगाडि बढोस् भन्ने कामना पनि गरे ।

उनले दुई देशबीच रहँदै आएको खुला सिमानाको दुरुपयोग हुन नदिई दुवै मुलुकको साझा हितको लागि प्रभावकारी रूपमा उपयोग गरिनुपर्ने धारणा पनि व्यक्त गरे ।

उनले दुवै मुलुकले आ–आफ्ना देशका निजी क्षेत्रलाई सेवा र उत्पादनको क्षेत्रमा एक अर्का मुलुकमा लगानी बढाउन प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।