काठमाडौं । तरकारीवालीका नामले सामाजिक सञ्जालमा प्रसिद्ध बनेकी गोरखाकी कुसुम श्रेष्ठले मोडलिङको प्रस्ताव आएमा आफूले मोडलिङ गर्ने बताएकी छन् ।
उनलाई पाकिस्तानका चिया बेच्ने अरसद खानको उदाहरण दिँदै एउटा अनलाइनले सोधेकोे ‘चलचित्र खेल्ने वा मोडलिङ गर्ने प्रस्ताव आएमा के गर्ने’ भन्ने प्रश्नमा उनले त्यस्तो प्रस्ताव आएमा आफुले स्वीकार्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा आफू लोकप्रिय भएकोमा रमाइलो लागिरहेको बताइन् । उनको तस्वीर मंगलबारदेखि भारतीय मिडिया आइरहेको छ भने सामाजिक सञ्जालमा भारतीयहरुले मेहनती केटी भन्दै खुब मनपराएका छन् ।

उनका भाइरल बनेका फोटोहरु खिचेको थाहा थियो कि थिएन ? भन्ने प्रश्नमा उनले आफुसँगै पढ्ने साथीले म्यासेन्जरमा पठाइदिए पछि मात्रै आफुलाई थाहा भएको बताएकी छन् ।
बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुशुम चितवनमा कक्षा ११ मा पढ्छिन् । उनका आमा बुवाले तरकारीको व्यापार गर्छन् र उनले घर आएका बेला आमा बुवालाई सघाउने क्रममा ती फोटो खिचेको र अबदेखि फोटो खिच्न नदिने बताएकी छन् ।
उनका फोटा पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा राखेपछि भाइरल भएका थिए ।

















प्रतिक्रिया