काठमाडौं । महानायक राजेश हमालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा लागेको अघोषित कर्फ्युको विरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत राजेशले छिमेकी देशका राष्ट्रप्रमुखको स्वागतका लागि आफ्नै देशका सर्वसाधारणलाई दुःख दिएको भन्दै सांकेतिक विरोध जनाएका हुन् ।
उनले भारतबाट भएको नाकाबन्दीलाई पनि सम्झिएका छन् ।
राजेशले लेखेका छन्– ‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा छँदा हामी कहाँ नाकाबन्दी, हाम्रो देशमा आउँदा कर्फ्यु…मित्रता भारी पर्ने भो ।’
















प्रतिक्रिया