१२ कार्तिक २०८३, बिहिबार

आज कुन–कुन बाटोमा अवरोध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-640x330काठमाडौं, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा विमानस्थल बन्ददेखि काठमाडौंका सडक खाली गरिएको छ ।

सुरक्षा कारण देखाउँदै मुखर्जीको सवारीको समयमा सडक भन्डै दुई घन्टासम्म सडक खाली गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसबाट सर्वसाधारण मर्कामा परेका छन् । मुखर्जी हिँड्ने रुटका सडकआसपासका पसलसमेत बन्द गराइएको थियो । साढे ११ बजेदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–नयाँ बानेश्वर–महराजगन्ज सडकमा सार्वजनिक तथा निजी सवारीसाधन रोकिएको थियो ।

गौशाला, विमानस्थल, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपालसम्मको सडकमा दिउँसो करिब २ बजेसम्म सवारी चल्न दिइएको थिएन ।

दिउँसो पनि केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे, जयनेपाल हलसम्मको सडकमा सर्वसाधारणलाई सवारीसाधन चलाउन दिइएको थिएन ।

पौने २ बजेदेखि पौने ४ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नया बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल, पुतलीसडकसम्म सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रमा सर्वसाधारणले दुःख पाएका थिए ।

विदेशी राष्ट्रप्रमुखको सुरक्षा महत्वपूर्ण भएकाले सर्वसाधारणलाई केही समस्या भएको प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा र सम्मानका लागि भनेर बुधबार सरकारले मुखर्जीको भ्रमणका लागि सार्वजनिक बिदा दिएको थियो ।

सार्वजनिक बिदा दिएको र सडक खाली बनाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । मुखर्जीको स्वागतमा कफ्र्युको झझल्को आएको भन्दै विरोध भएको छ ।

आज कुन–कुन बाटोमा अवरोध ?

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् ।

त्यतिवेला केही सडकखण्ड खाली गराइँदै छ । बिहीबार र शुक्रबार पनि काठमाडौंका सडकमा यातायात अस्तव्यस्त हुनेछ । प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नया“ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ ।

त्यस्तै, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ ।

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ ।

यसैगरी, साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सवारी छ । शुक्रबार भने भने एकपटक मात्र सडक अवरोध हुनेछ । मुखर्जी हायात होटेलबाट जनकपुर जान विमानस्थल जाँदा सडक अवरुद्ध हुनेछ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ ।