काठमाडौं, १८ कात्तिक । सामन्य ज्ञानमा सोधिने प्रश्न सर्वोच्च शिखर सगरमाथाको उचाई कति ? सबैको सहज जवाफ ८,८४८ मिटर ।
विडम्बना अहिलेसम्म विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको हिमश्रृखला सगरमाथाको उचाई नेपाल सरकारले आधिकारिक रुपमा मापन गरेको छैन । न मापन गर्ने तयारी नै थालेको छ । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।
आर्थिक वर्ष ०६८÷०६९ मा नापी विभागले सगरमाथाको उचाई नाप्ने कुरा गरेपनि उक्त कुरा गफमै सीमित भएको छ ।
मपन गर्ने काममा कर्मचारीहरु नै परिचालन हुन नमानेकोले गर्दा उक्त योजना असफल भएको विभागका निमित्त महानिर्देशक गणेशप्रसाद भट्टराईको भनाई छ । आर्थिक अभाव पनि अर्को कारण भएको उनले जानकारी दिए ।
सगरमाथाको उचाई मापनको लागि ५ करोड लाग्ने विभागको प्रक्षेपण छ जुन आधार वर्षमा १ करोड रुपैयाँमात्र बिनियोजन गरेकाले मापन गर्ने कामबीचमै तुहिएको अधिकारीहरुले बताएका छन् ।















प्रतिक्रिया