२ कार्तिक २०८३, सोमबार

पाल्पाबाट तीस लाख बढीको फूल, पात र बेहरा निर्यात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ful-sayapatri

पाल्पा, १५ कात्तिक । पाल्पा जिल्ला ग्रामीण क्षेत्रबाट रु ३० लाखभन्दा बढीको फूल, पात र बेहरा निर्यात भएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रबाट रुपन्देही, नवलपरासी, स्याङ्जातर्फ फूल, पात र बेहरा, बुकीलगायत निर्यात भएको हो ।

तिहारको भाइटीकाका लागि जिल्लाका ग्रामीण भेगका किसानले उत्पादन गरेका सयपत्री, मखमली, चमेली, चिउरीको पात र बेहरालगायत वस्तु जिल्ला र जिल्ला बाहिर निकासी भएको हो । जिल्ला सदरमुकाम तानसेनमा समेत महिला तथा पुरुषले फूल थुँगा बच्दै हिँडेका छन् ।

पाल्पा भैरवस्थान गाविसकी तुल्सा कार्कीले बारीमा फुलेको मखमली फूलबाट २० हजारभन्दा बढी आम्दानी गरेको बताउनुहुन्छ । उहाँ लगायत भैरवस्थान गाविसबाट मात्र ३० देखि ५० जनाले फूल, पात, बेहरालगायतका वस्तु ठूलो मात्रमा निकासी गरेका छन् ।

जिल्लाको भैरवस्थान, कचल, बन्दीपोखरा, पालुङ्गमैनादी मुझुङ्ग, छहरा, ख्याहा, कसेनी, कोलडाँडा, दोभान, मस्यम, तेल्घा, अर्गली, बौघागुम्वा, बौघापोखरा, पोखराथोक, ताहुलगायतका गाविस तिहारका सामान बेचेर तिहारको सामानको खरिद गर्नेले बजारका पसलमा भीडभाड छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका दोभान क्षेत्रबाट बर्सेनि ठूलो मात्रामा तिहारको मालाका लागि फूल निकासी हुँदै आएको छ । फूलखेतीलाई व्यावसायिक बनाउन सकेको अवस्थामा अझै आम्दानी गर्न सकिन्छ ।

पाल्पाको दोभान क्षेत्रबाट रुपन्देहीको बुटबल, गोठादी क्षेत्रबाट रुपन्देही जिल्लाको देवदह, दोभान, जुठापौवा, सत्यवती, बल्ढेङ्गी क्षेत्रबाट सालझन्डी, मुर्गिया, मित्याल, अर्चले, झिरुवास, सहलकोट, बाकामलाङ्ग गाविसतर्फबाट नवलपरासी क्षेत्रमा फूलको निर्यात हुने फूल व्यवसायी बताउँछन् ।

सयपत्री, मखमली, चमेली, चिउरीको पात र बेहरालगायत वस्तु बेचेर महिला तथा बालबालिकाले आम्दानी गर्न सफल भएका छन् । तिहारका फूल बेच्ने सहरी क्षेत्रका घरदैलोमा पुग्दै सेवा दिँदा सहरी क्षेत्रमा मानिस खुसी देखिएका छन् । रासस