१ कार्तिक २०८३, आइतबार

ऐश्वर्यासँगको हट सिनमा किन डराएका थिए रणबीर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aishwarya-rai

मुम्बई । चलचित्र ‘ए दिल है मुस्किल’मा रणबीर कपुर र ऐश्वर्या राय बच्चनको इन्टीमेट सिनको विषय ज्यादै चर्चामा आइरहेको छ । हाल नै रणबीरले एक रेडियो च्यानललाई दिएको अन्तर्वातामा यो कुराको खुलासा गरेका छन् कि ऐश्वर्यासँगको इन्टीमेट सिन गरिरहेका बेला उनले कस्तो महसुश गरेका थिए ।

अन्तर्वाता भइरहेको बेला चलचित्रमा ऐश्वर्यासँग इन्टीमेट सिन गरिरहेका बेला उनलाई केही समस्या पनि परेका थियो । रणबीरले बताए अनुसार उक्त सिन दिइरहेका बेला रणबीर लजाइरहेका थिए । उनका हात लाजले काँपिरहेका थिए । र एश्वर्याको गालामा छुँदा पनि लाज महसुश भइरहेका थियो ।

aish-ranbir

त्यसपछि ऐश्वर्याले आफैंले भने यो सिनलाई सही तरिकाले गर्नु भन्दै यो एक्टीङ हो भनेर सम्झाए पनि ।

फेरि रणबीरले भने ‘त्यही भएर मैले पनि सोचे, यस्तो मौका कहिल्यै मिल्छ कि मिल्दैन । त्यही भएर मैले पनि मौकामा चौका हानेको ।’
यसको साथसाथै उनले यो पनि बताएकी उनको पहिलो चोटी ऐश्वर्यासँगको भेट कहिले भएको थियो ?

रणबीरले भने ‘जतिखेर म कक्षा १० मा पढिरहेको थिएँ त्यतिखेर ऐश्वर्या पापाको फिल्म ‘आ अब लौट चले’ मा एक्टीङ गरिरहेकी थिइन् । र म उति बेला असिस्टेन्ट डाइरेक्टर थिएँ । त्यहि फिल्मको सेटीङले हाम्रो मित्रता बढ्यो । उनले मजाकमा यो पनि भने आफ्नो त्यो उमेरमा पनि आफू ऐश्वर्याको लागि निकै आकर्षक थिए ।