१ कार्तिक २०८३, आइतबार

हनुमानजीसँग किन डराउँछ भष्मे डन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhasme_don

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकको निकै माया पायो । बिपीन कार्कीलाई यो फिल्मले भष्मे डनको नयाँ परिचय दियो । ‘पशुपति प्रसाद’ फिल्मबाट रविन्द्रसिंह बानीया हनुमानजी को रुपमा परिचित बने ।

अहिले उनीहरु कात्तिक २६ देखि प्रर्दशनमा आउन लागेको नयाँ फिल्म ‘जात्रा’ को प्रोमोशनमा व्यस्त छन् । तर, जब फ्यानले उनीहरुलाई भेट्छन् पशुपतिप्रसाद फिल्ममा कोहिसँग नडराउने हनुमानजीसँग किन भष्मे डन डराउँछ ? भन्ने प्रश्न तेर्स्याउँछन् ।

केहि दिन अघि जात्राको प्रोमोशनका लागि फ्यानहरुमाझ पुग्दा कलाकार विपीन कार्कीलाई यस्तै प्रश्न गरियो । उनले त्यसको गोप्यता खोल्दै भने “हनुमानजी डेन्जर छ, त्यसले हान्छ ।”

स्कृप्टमा यसलाई प्रष्ट नगरिएको भएपनि फ्ल्यासब्याकमा भष्मे डनले पकेट मार्दै गर्दा हनुमानजीले घुम्नेगरी गधाले पिटेको दृश्य राख्ने कुरा भएको उनले बताएका छन् ।

तर, त्यो दृश्यको खासै आवश्यकता नभएको भन्दै खिचिएन त्यसैले तपाईहरुको मनमा यो कौतुहलता कायम रह्यो, विपीनले आफ्ना फ्यानसँग भने ।

भिडियो हेर्नुस्ः

https://www.youtube.com/watch?v=cH2dikmkljw