जनकपुर, १४ कात्तिक । भारतीय राष्ट्रपतिको भ्रमणलाई सफल पार्न जनकपुरमा रातारात सडक पिच गरिएको छ ।
शुक्रबार जनकपुर पुगेको गृहमन्त्री सहितको टोली शनिवार काठमाडौं फर्कियो । कात्तिक १७ बाट हुने तीन दिने भ्रमणको सुरक्षा प्रवन्ध अनुगमन गर्न गृहमन्त्री विमलेन्द्र नीधि शुक्रबार सुरक्षा संगठनका प्रमुख सहितको टोली लिएर जनकपुर र पोखरा पुगेका थिए ।
स्थानीय विकास मन्त्री हितराज पाण्डे, मुख्य सचिव सोमलाल सुवेदी, नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रमुख दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी र नेपाल आर्मीका रथी बलदेवराज महत सहभागी टोली शनिवार दिउस काठमाडौं फर्कियो ।
बाटोको अवस्था र सांघुरो सडकका कारण पोखरा र काठमाडौंको तुलनामा जनकपुरको भ्रमणमा सुरक्षा प्रवन्ध चुनौतीपूर्ण देखिएको थियो । ग्राभेल र खाल्डाखुल्डी रहेको विमानस्थलदेखी जानकीमन्दीरसम्म पुग्ने सडक पिच भइसकेको छ ।
जनकचोकदेखी जानकीमन्दीरसम्म जाने बाटो २ सय मिटरको बाटो सांघुरै छ । मन्दीरजाने बाटो र मन्दीर नजिकैको घना बस्तीका कारण सुरक्षा प्रवन्ध थप बढाउनुपर्ने देखिएको स्रोतले जानकारी दियो ।
कान्तिपुर दैनिकमा समाचार छ ।
















प्रतिक्रिया