काठमाडौं, १३ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र मधेसी मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी बैठकमा संविधान संशोधन, लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव लगायतका राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री दाहालका साथै माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरूको सहभागिता रहेको छ ।
प्रधानमन्त्री दाहालले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग शीर्ष तहमा लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र संविधान संशोधनका विषयमा परामर्श गरिसक्नुभएको छ ।















प्रतिक्रिया