१ कार्तिक २०८३, आइतबार

कान्छी छोरी सासाले यसरी ‘उडाइन्’ ओबामालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sasha_obama_boyfriend

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा पछिल्लो समय एक टिभी सोका कारण चर्चामा छन् । टिभी सो जिमी किमेल लाइभ सोमा ओबामाले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको ट्विट पढेर हाँसो मात्र गरेनन्, आफूमाथि कान्छी छोरीले बारम्बार हाँसो गर्ने पनि स्वीकार गरे ।

कान्छी छोरी सासाले सामाजिक सञ्जालमै खिल्ली उडाउने गरेको ओबामाले स्विकारेका हुन् । सामाजिक सञ्जाल स्न्याप च्याटमार्फत सासाले साथीहरूसँग आफ्नो खिल्ली उडाएको ओबामाको स्वीकारोक्ति कार्यक्रममा अर्को हाँसोको विषय बन्यो ।

डिनरको समयमा आफूले सामाजिक सञ्जालबारे कुरा गर्दा सासाले रेकर्ड गरेको र त्यो भिडियो साथीहरूलाई पठाइदिएको ओबामाले बताएका थिए । त्यो भिडियो बाहिर त आउन पाएन, तर सामाजिक सञ्जाल तथा अन्तर्राष्ट्रिय मिडियामा त्यसको व्यापक खोजी गरियो । ‘सासा मलाई स्न्याप च्याटमा निर्देशन दिन्छिन्,’ ओबामाले भने ।

तर, सामाजिक सञ्जालमा सासाले बाबुको खिल्ली उडाएको यो पहिलोपटक होइन । यसअघि पनि अनेक अनलाइन गतिविधिका कारण उनी चर्चामा आउने गरेकी थिइन् ।

गत जुलाईमा पनि ट्विटका कारण सासाको आलोचना भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सासाको ट्विटरबारे त्यतिवेला चासो दिएको ओबामाले बताएका छन् । तर, त्यतिवेला पनि त्यो ट्विट सासाकै भएको कुरा गोप्य राखिएको थियो । (नयाँ पत्रिकाबाट)