२ कार्तिक २०८३, सोमबार

तिहार लागेसँगै गुल्मीमा झिनियाको व्यापार बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhiniya

– अनिल खत्री

गुल्मी, १३ कात्तिक । तिहार पर्व भित्रिएसँगै गुल्मीमा झिनियाको व्यापारमा वृद्धि हुन थालेको छ । तिहारमा आफ्ना दाजुभाईहरुलाई टिका लगाएपछि मिठा मिठा परिकार खुवाउने मध्ये झिनिया अति राम्रो र उत्तम मानिने प्रचलन रहेको पाइन्छ । झिनिया पुजाआज, खाजा, पाहुनाहरुको स्वागत सत्कारको लागि छिटो छरितो तयार गरि खाजाको रुपमा प्रयोग गर्न सकिने हँुदा झिनिया रोटी हरेक हिसावले राम्रो मानिन्छ ।

अन्य समयमा भन्दा तिहारमा दैनिक रुपमा झण्डै ४ हजार सम्मको झिनिया विक्रि हुने गरेको झिनिया व्यवसायी चिरिञ्जीवी शाक्यले जानकारी बताए । चाडपर्वमा मात्र खपत हुने भिनिया बाह्रै महिना राम्रो व्यापार हुने गरेको समेत व्यापारी शाक्यको भनाइ छ । भिनियाको माग बढ्न थालेपछि हाल बजारका पसल–पसलमा झिनिया व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ । यसबाट राम्रो जिवीकोपार्जन सकिने सम्भवना देखेपछि झिनिया व्यवसाय तर्फ धेरै आर्कषित हुन थालेका छन् ।

बार्षिक रुपमा समग्र वामीटक्सार बजारबाट झण्डै २० लाख देखि २५ लाख सम्म झिनिया विक्रि वितरण हुने गरेको स्थानिय व्यवसायीहरुको भनाई रहेको छ । यहाँ उत्पादित झिनिया रोटी गुल्मी तथा बाग्लुङ्गका, बुटवल लगायतका विभिन्न स्थानीय बजार र स्थानहरु विक्रिवितरण हुदैआएका छन् । तिहार नजिए सगै पसल–पसलमा झिनिया किन्ने ग्राहकहरुको घुइचो लाग्ने गरेको छ ।