काठमाडौं । ‘प्रेमगीत’ फिल्मबाट एकाएक चर्चामा आएकी पूजा शर्माले आफ्ना चर्तिकलाबाट सबैलाई आकर्षित गर्न सफल भएकी छिन् ।
पूजाका छोटा कपडा हुन् वा उनको हाउभाउ सार्वजनिक कार्यक्रमहरूमा उनलाई नहेर्ने कोही हुँदैनन् ।
‘थ्री लभर्स’बाट फिल्म खेल्न सुरू गरेकी पूजालाई ‘प्रेमगीत’ले चर्चामा ल्याएको हो । भन्ने हो भने पूजालाई ‘प्रेमगीत’ले नै चिनाएको थियो ।
अहिले पूजालाई फिल्ममा खेलाउन निर्माता र निर्देशकहरू लालयित हुने गरेका छन् ।
पूजा अब ‘म यस्तो गीत गाउँछु’ फिल्ममा खेल्ने तयारीमा छिन् । ‘प्रेमगीत’ सफल भएपछि निर्माण पक्षले पूजालाई अर्को फिल्ममा खेलाउन तयार भएको हो ।
‘म यस्तो गीत गाउँछु’मा निर्देशक सुदर्शन थापाले गर्ने छन् । फिल्ममा पूजाको अपोजिट भने पल शाह हुने जनाइएको छ ।















प्रतिक्रिया