१२ कार्तिक २०८३, बिहिबार

के हुँदै छ मोर्चासँगको वार्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-660x330काठमाडौं, १३ कात्तिक । संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ ।

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘एक–दुई दिनभित्रै औपचारिक छलफल गर्ने भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, सायद अब गम्भीर छलफल होला,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने ।

उनका अनुसार केही निश्चित बुँदामा सरकारसँग अनौपचारिक रूपमा पटकपटक छलफल भएका छन् ।

सरकार र असन्तुष्ट पक्ष अनौपचारिक छलफलमा मुख्य चार विषय सहमतिनजिक पुगेका छन् । त्यसकै आधारमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् ।

तर, सहमतिको प्रयासका लागि सरकार पक्षबाट गम्भीरतापूर्वक छलफल हुन नसकेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘केही अनौपचारिक छलफल भएका छन्, तर संशोधन प्रस्ताव तयार गर्ने गरी छलफल हुन सकेको छैन,’ यादवले भने ।

छिट्टै वार्ता गर्ने प्रचण्ड र देउवाबीच सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा देउवाको आसन्न भारत भ्रमण र मधेसी मोर्चासँग वार्ता गरेर संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
दुई नेताबीच मधेसी मोर्चासँग पनि केही दिनभित्रै वार्ता गर्ने सहमति भएको छ । देउवा भारत भ्रमणमा जानुअघि मोर्चासँग छलफल गर्ने तयारी छ । देउवा १९ कात्तिकमा भारत भ्रमणमा जादै छन् ।