उर्लाबारी । डान्स पार्टीमा रमाउने युवा पुस्ताका लागि उर्लाबारीमा बिहीबारको साँझ निकै रोमाञ्चक रह्यो । कार्तिकको चिसो मौसमलाई पन्छाउँदै युवापुस्ताको बाक्लो जमातले माहौललाई निक्कै ततायो ।
शुभदीपावली २०७३ को अवसर पारेर उर्लाबारी–३ स्थित राधिका उच्च माविको मैदानमा टुर्वाेग फेष्ट पार्टीको आयोजना गरिएको थियो । पार्टीमा उर्लाबारी, मधुमल्ला, पथरीशनिश्चरे, राजघाट, दमकका युवायुवतीहरू संगीतको नशामा मस्तसँग झुमिएका थिए ।
धेरैजसो युगल जोडीहरू देखिएको पार्टी निकै नै रंगीन बनेको थियो । आपसमा हात समातेर गोलो घेरामा शुरू भएको डान्स बिस्तारै छुट्टिदै जोडीहरूको अंकमालसम्म पुग्न थालेका थिए ।
कार्यक्रममा लाईभ कन्र्सटपछि आयोजित डान्स पार्टीमा काठमाडौंबाट आएका डिजेहरूले सबैलाई धुमधामका साथ नचाएका थिए ।
साँझ ५ बजेबाट शुरू भएको कार्यक्रममा उर्लाबारीको स्थानीय ब्याण्ड संकल्प, इटहरीको सौलस, काकडभिट्टाको कल बेव्रmस, विर्तामोडको ग्राभिटीले माहोललाई संगीतमय बनाएका थिए । त्यस्तै संगीतमा रमेका दर्शकहरूलाई मनोज तामाङको उद्घोषणले थप उर्जा थपेको थियो भने डिजे तामा र डिजे लेजिमीको प्रस्तुतिले युवायुवतीहरूलाई समयको प्रवाह नै नहुने गरी नचाएको थियो । जहाँसम्मकी नेपाली, अंग्रेजी, हिन्दी गीतसँगै मस्त नाचिरहेका युवायुवतीले ८ बजेको नै पत्तै पाएनन् । जसअनुसार आयोजकले कार्यक्रम रोक्दा पनि उनीहरूले वान्स मोर भन्दै चिच्याइरहेका थिए ।
सडक बालबालिकाको सहयोगार्थ नायन ब्रर्दसको आयोजना तथा गोर्खाली युथ र पूर्वाञ्चल रक्सको सहयोगमा पार्टीको आयोजना गरिएको नायन ब्रर्दसका सदस्य सिमोन राईले जानकारी दिनुभयो । पार्टीमा पाँच सयभन्दा बढीको सहभागिता रहेको उहाँको भनाइ छ ।
तिहारको पूर्वसन्ध्यामा पार्टीको आयोजना गरेर मनोरञ्जन प्रदान गरेको अर्का सदस्य सन्देश राईले बताउनुभयो । पार्टीमा युवयुवतीहरूको उल्लेखनीय सहभागिता रहेको कारण उत्साह प्रदान गरेको उहाँको भनाई छ ।
प्रस्तुति : ईश्वर भट्टराई
















प्रतिक्रिया