काठमाडौं, १२ कात्तिक । कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा ४ दिने गोदावरी मेलाको दोस्रोदिनसम्म १५ लाख बढीको कारोबार भएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजी प्रसाद तिमिल्सिनाका अनुसार ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीका सहभागि पुष्प ब्यवसायीहरु कारोबारबाट उत्साहित बनेका छन् ।
प्रतिश्पर्धामा प्रथम बनेको संझना नर्सरीका संचालक तिर्थ बहादुर महर्जनले मेलामा गोदावरी फूलमात्र प्रदर्शनी तथा ब्यापारका लागि राखेको बताउँदै दुइ दिनमा भएको कारोबारबाट उत्साहित बनेको बताए । उनले गोदावरी फूलको माग अत्यधिक भएका कारण शुक्रबार केहि गाडी फूल मेला स्थानमा थप्ने बताए । शनिबार कारोबार उच्च हुने र अन्तिम दिन छुट्टी परेकोले अबलोकनकर्ता र उपभोक्ताको भीड हुने बताए ।
यसैगरि टिटिआर बंगलामुखी नर्सरीका संचालक रुद्रकुमार सुनुवारले आफ्नो स्टलबाट बगम्बेली र गोदावरीको कारोबार उच्च रहेको बताए । दैनिक ५० हजार भन्दा बढीको कारोबार गरिरहेको बताउँदै सुनुवारले शनिबारको कारोबार उच्च हुने बिश्वास ब्यक्त गरे ।
मेलामा फलफूलका बिरुवाको कारोबार धेरै गरेका बताउँदै बुद्धहर्ष नर्सरीका संचालक कृष्ण बहादुर दुलालले सयपत्रीको कारोबार पनि राम्रो भइरहेको बताए । उनले यस्ता फूलको मेला तथा महोत्सब बेला बेलामा गर्दा पुष्प ब्यबसायीको मनोबल उच्च हुने बताए ।
अजिमा नर्सरीका संचालक कुमार कार्की मेलाको कारोबारबाट खुशी ब्यक्त गर्दै महिनामा ५० हजार कमाउन बिदेशमा जानुनपर्ने बताउँछन् । ३ लाख जति खर्च गरेर यो ब्यबशाय सुरु गर्न सकिने बताउँछन् । पुष्प ब्यबशायीले आ–आफ्नो घर आगनमा ढकमक्क फूल लगाउने हो भने वरीपरिका घरले त्यसको सिको गर्ने र पुष्प ब्यबशायले फड्को मार्ने बताए ।
दिपावली तथा छट पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहेका छन् ।
रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागेको फ्यानको मुख्य उदेस्य तिहार पर्बको आकर्षणको रुपमा रहेको गोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नु रहेको बताउँदै फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले मेलामा ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्ने लक्ष रहेको बताए ।
आर्थिक बर्ष २०७२–७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । यो कार्यक्रम नेपाल सरकार कृषिबिकास मन्त्रालयको पुष्प प्रवद्र्धन नीति कार्यान्वन कार्यक्रम अन्तर्गत संचालन भएको हो ।
















प्रतिक्रिया