काठमाडौं, १२ कात्तिक । साउन २४ गते देखि संचालनमा आएको चन्द्रागिरि केबलकार भाईटीकाको दिन कात्तिक १६ गते १ दिनका लागि बन्द हुने भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भाइटिका बाहेक अन्य विदाका दिनमा विहान ७ बजेदेखि सांझ ५ः३० बजेसम्म केबलकार यथावत संचालनमा आउने उल्लेख गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेड अन्तर्गत रहेका अन्य सेवाहरु समेत सोहि अनुरुप संचालनमा आउने छन् ।
सेवा संचालनमा आए देखि २०७३ साल कार्तिक ११ गते सम्म चन्द्रागिरि केबलकार चढ्नेको संख्या १ लाख ३२ हजार ९०४ पुगिसकेको छ । सार्वजनिक छुट्टी र विदाका दिनमा चन्द्रागिरि केबलकार चढ्नेको संख्या दैनिक आठ हजार सम्म पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको बढ््दो आकर्षणले चन्द्रागिरि हिल्स नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।
















प्रतिक्रिया