२ कार्तिक २०८३, सोमबार

स्थानीयको अवरोधपछि वैकल्पिक राजमार्ग निर्माण अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

उदयपुर, १२ कात्तिक । स्थानीयको अवरोधपछि वैकल्पिक राजमार्गअन्र्तगतको सडक विस्तार कार्य अवरुद्ध बनेको छ । सडक सर्वेभन्दा फरक ठाउँबाट निर्माण गरेको भन्दै सर्वेवमोजिमका काम हुनुपर्ने माग राख्दै उदयपुरको पश्चिमी गाबिस पंचावती, रिस्कु क्षेत्रका स्थानीय आन्दोलित भएका हुन् ।

निर्माणधिन धरान–चतरा–गाईघाट–कटारी हुँदै हेटौडा सडक निर्माणअन्तर्गत उदयपुरको पंचावती गाविसको मौवासी हँुदै कटारीतर्फको सडक विस्तारको लागि सडक विभागले गरेको सर्भेभन्दा फरक ठाउँबाट सडक विस्तार गरिएपछि उनीहरु आन्दोलित भएका हुन् ।

सडक योजना सर्वेहुँदाको समयमा पञ्चावतिको मौवासी रिस्कुको आँपटार हुँदै कटारी जोडने योजना भएपनि निर्माण चरणकाक्रममा पंचावतीकै बगपत्ती हँुदै सडक ट्रयाक खुलाउने स्थिती आएपछि आफुहरु विरोधमा उत्रिएको स्थानीय अमृतध्वज राईले बताए ।

राईले सडक विस्तार हुने भएपछि स्थानीयले सडकमा पर्ने घर जग्गा खाली गरेको बताए । उनले सडक विस्तारका लागि स्थानीयले निशुल्क जग्गासमेत उपलब्ध गराएको बताए । तत्कालिन मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ आफ्नो गाउँ आफै बनाउ अभियान अन्तर्गत स्थानीयहरुले आरसिआईडब्लुको चामलको भरमा मौवासी हुँदै रिस्कु ग्रामिण सडक निर्माण गरेका थिए ।

सडक निर्माणको लागि सडक विभागले मौवासी हुँदै निर्माण हुने सडकमा झण्डै १५ करोड रुपैया खर्चीएको छ, निर्माण हुने सडकमा पर्ने घर तथा जग्गाको स्थानीयले कुनै मुआब्जा नलिने सहमति गरे पनि यतिबेला स्थानीयको आशा निराशामा बदलिएको छ ।

स्थानीयले सडक ट्रयाक परिवर्तन गरेको थाहा पाए लगत्तै तीन साता अघि मात्रै जिल्ला प्रशासन कार्यालयमा स्थानीय अमृतध्वज राईको नेतृत्वमा ज्ञापपत्र बुझाएका थिए । सडक निर्माणको लागि सर्भेको चरणमा पंचावती गाविसको मौवासी हुँदै कटारी जोड्ने सडक विस्तारको योजना भए पनि कार्यान्वयनको चरणमा आईपुग्दा विभिन्न चलखेलका कारण सोहि गाविसको बगपती हुदै सडकले काम गर्न खोजे पछि स्थानीयले रोक लगाएका हुन् ।

उनीहरुले पुरानै स्थान (मौवासी)बाट सडक विस्ताको माग राखेका छन्, हाल निर्माण गर्न लागिएको उदयपुर पंचावतीको बगपती हुदै सडक निर्माण हुदाँ धेरै खर्च हुने र राज्यको लगानी धेरै हुने तर स्थानीयलाई सडक विस्तारको उपलब्धी नहुने उनले बताए । यता मौवासी हुदै सडक विस्तार भए स्थानीय विभिन्न पाँच गाविससलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले स्थानीयको जनभावाना अनुसार काम हुनु पर्नेमा आफुहरुको जोड रहेको स्थानीयले बताए ।

सडक योजनाका बिषयमा सोही क्षेत्रका पुर्वसांसद एमाले वैकल्पिक पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडाले तत्कालिन भौतिक योजना मन्त्री विमलेन्द्र निधी र त्यसपछिका विजयकुमार गच्छदार लगायतका नेताले सडकमा अवरोध पुर्याएको आरोप लगाए ।

उनले वैकल्पिक राजमार्ग खुल्दा तराईको बाटोले प्राथामिकता नपाउने भएपछि सडकमा अवरोध पुर्याएको बताए । नेता खतिवडाले सर्वे गरेको ठाउँबाट सडक विस्तार भएपनि हाल निर्माण कार्य भईरहेको नेपालटार–गैया–वगवतीहुँदै कटारी जोडने बाटो निर्माणमा पहल गर्ने बताए ।

यता धरान चतरा गाईघाट कटारी सिन्धुली हुदै हेटौडा सडक आयोजनाको पूर्वी खण्डका आयोजनाले भने पंचावती गाविसको मौवासी हुदै सडक विस्तार गर्ने लक्ष्य राखिए पनि पछि प्राविधिक कठिनाई र भौगोलिक हिसाबले बगपत्ती हुदै सडक निर्माण गर्नु पर्ने अबस्था आएको बताए ।

तीन बर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने उद्देश्यले सुरु गरिएको सडक निर्माण भए उदयपुर सदरमुकाम पुग्नका लागि छिमेकी जिल्ला सिराह सप्तरी हुँदै यात्रा गर्नु पर्ने बाध्यताबाट स्थानीयहरुले छुटकारा पाउने छन् ।