१२ कार्तिक २०८३, बिहिबार

यी हुन् दुई देशका नागरिक, यस कारण पक्राउ गर्‍यो प्रहरीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailकाठमाडौं, १२ कात्तिक । नक्कली विवरणका आधारमा नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक श्यामलाल सरावगी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहीबार पक्राउ गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

महाशाखाका अनुसार भारत गुजरातका उनले झुटो विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा वंशजको नागरिकता लिएका थिए ।

कुलेश्वर बस्दै आएका उनी गुजरात राज्य, भाजलपुरका हुन् ।

अनुसन्धानमा उनले सन् २००९ मा भारतको निर्वाचन आयोगबाट मतदाता परिचयपत्र लिएको र उनको बाबु घनश्याम सरावगी भारतमै रहेको सूचनाको आधारमा अनुसन्धान गर्दा झुटो विवरणका आधारमा वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।