काठमाडौँ, ११ कात्तिक । २५ हजार थान पटाकासहित चावहिलबाट एक व्यक्ति पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ चावहिल गणेशस्थान डेरा गरी बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–७ का ३५ बर्षीया आयुशा कानुलाई प्रहरीले २५ हजार थान पटाकासहित बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
कानुले कोठामा पटका लुकाइ राखेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको प्रहरीले उनको कोठाबाट बिभिन्न नामका उक्त पटाका बरामद गरेको थियो ।













प्रतिक्रिया