२ कार्तिक २०८३, सोमबार

भ्याली एक्सप्रेसको तेस्रो शाखा महाराजगञ्जमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

valley-group

काठमाडौं, ११ कात्तिक । भ्याली ग्रुपद्धारा सञ्चालित भ्याली एक्सप्रेसले महाराजगञ्जमा तेस्रो शाखा खोलेको छ ।

भ्याली ग्रुपका संस्थापक श्रीकृष्णप्रसाद घिमिरे, हरिकृष्ण रावल, सानुबाबु विन्दुकारले बिहीबार महारागञ्जमा खुलेको तेस्रो शाखाको उद्घाटन गरेका हुन् ।

भ्याली ग्रुपका निर्देशक बाबुराजा रावलका अनुसार सुपथ मुल्यमा गुणस्तरिय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउन २ वर्ष अगाडि चितवनबाट भ्याली एक्सप्रेसको प्रारम्भ भएको हो । दुई वर्ष अगाडि नयां बजारमा दोस्रो शाखा खुलेको थियो ।

भ्याली एक्सप्रेसले अन्तराष्टिय चेन रेष्टुरेन्ट उपयोग गरिरहेको आधुनिक प्रविधिको प्रयोग गरेर ग्रिल्ड चिकेन, चिकने बर्गर, प्राइड चिकेन, ससेज, चिकेन पपकर्न, लगायतका स्वादिष्ट परिकार उपभोक्तामाझ सुपथ मुल्यमा उपलब्ध गराउने गरेको रावलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै शहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरिय तयारी खाना उपलब्ध गराउन भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्ट क्षेत्रमा प्रवेश गरेको बताउंदै रावलले आगामि दिनमा काठमाडौंका अन्य मुख्य क्षेत्रसंगै उपत्यका बाहिरका प्रमुख शहरमा शाखा विस्तार गर्ने योजना रहेको रावलले जानकारी दिए ।

२०४१ मा स्थापित भ्याली कोल्ड स्टोर प्रालीले भ्याली एक्सप्रेस रेष्टुरेन्टसंगै भ्याली कोल्ड स्टोर प्रालि, भ्याली फिड,पोल्ट्री प्राली, भ्याली पेलेट फिड प्राली, मस्र्यांदी पोल्ट्री प्राली र त्रिशुली ब्रिडिगं एन्ड रिसर्च फार्म प्राली सञ्चालन गरिरहेको छ ।