१९ कार्तिक २०८३, बिहिबार

महाअभियोगलाई मात्र समर्थन गर्न सकिँदैन्ः फोरम युवा नेता सुवेदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surga-mani-subediकाठमाडौं ११, कात्तिक । संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले लोकमान कार्की विरुद्धको महाअभियोग सँगै संविधान संशोधनको एजेन्डा पनि सँगै टुंग्याउन प्रमुख तीन दललाई चुनौती दिएका छन् ।

प्रमुख तीन दल यदि देशप्रति गम्भीर छन् भने छापामार शैलीमा दर्ता गरिएको महाअभियोग प्रस्तावसँगै संविधान संशोधन गर्न पनि तयार हुनुपर्ने सुवेदीले चुनौती दिएका हुन् ।

बिहिबार तीनकुनेस्थित फोरम नेपालको केन्द्रीय पार्टी कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै सुवेदीले भने,– ‘ठीक छ, लोकमान विरुद्धको महाअभियोगको पक्षमा उभिन हामी तयार छौं तर महाअभियोग सँगै संविधान संशोधन गर्न तीन दल तयार छन् त ?’

महाअघियोगको पक्षमा उभिन आफूहरु तयार रहेको तर त्यससँगै संविधान संशोधन पनि हुनु पर्ने सर्त अघि सारेका छन् । लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित गर्दै संशोधन पनि सँगै टुंग्याउन उनले प्रस्ताव राखेका हुन् ।

संविधान संशोधनको प्रमुख एजेन्डालाई बेवास्ता गर्दै महाअभियोग मात्रलाई समर्थन गर्न नसकिने सुवेदीले बताए । ‘महाअभियोगलाई प्राथमिकता दिने तर संशोधनलाई बेवास्ता गर्ने हो भने त्यो हामीलाई मान्य हुन्न’– सुवेदीले भने ।

वर्षौदेखि आन्दोलनरत पक्षको माग सम्बोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिँदैन तर बिना छलफल छापामार शैलीमा लोकमानविरुद्ध एकजुट भएर महाअभियोग प्रस्ताव दर्ता हुन्छ, यो नै रहस्यमय छ’– फोरम नेपालका युवा नेता सुवेदीले भने ।

दशैअघि संशोधन प्रस्ताव संसद्मा दर्ता हुने प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्रीले तिहार नजिकिसक्दा पनि संशोधन बारे गम्भीर नहुनु उत्पीडित जनतामाथि धोका भएको सुवेदीले आरोप लगाए ।

‘शक्तिहीन बनेका लोकमान कार्की मरेको बाघ भइसकेकोले उनको जुँगा उखेल्नु भन्दा संविधान संशोधन गरी मुलुकलाई निकास दिन उनले सुझाव दिए ।