काठमाडौं, ११ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा चार सयको संख्यामा भारतीय कमाण्डो टोली काठमाडौं आउने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सुरक्षा खतराभन्दा पनि प्रोटोकलका कारण राष्ट्रपतिसँगै चार सयको संख्यामा भारतीय कमाण्डो टोली नेपाल आउन लागेको हो ।
यसबारे नेपाल र भारतका अधिकारीबीच छलफल समेत भइसकेको स्रोतले बतायो ।
‘सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति भनेर होइन कि प्रोटोकलको कारणले हो,’ परराष्ट्रका एक अधिकारीले भने, ‘एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला पनि करिब दुई सयको सफ्यामा कमान्डो टोली खटिएको थियो ।’
तीन दिने भ्रमणका लागि भारतीय राष्ट्रपति कात्तिक १७ गते नेपाल आउँदैछन् ।













प्रतिक्रिया