१ कार्तिक २०८३, आइतबार

‘छक्कापञ्जा’ले जापानमा धुम मच्चाउने, तयारी धमाधम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chhakka-panja-nepali-moviजापान । दीपक गिरी र दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा’लाई जिङ्गुलाला डटकमले जापानमा प्रदर्शन गर्ने भएको छ ।

तिहारको अवसर पारेर जिङ्गुलाला डटकमले शुभकामना आदान प्रदान गर्ने उदेश्यका साथ छक्कापञ्जा प्रदर्शन गर्न लागेको ज्योति मल्लले जानकारी दिए ।

‘तिहारका अबसरमा शुभकामना आदान प्रदान र नेपालीहरूवीच रमाइलो होस् भनेर फिल्म देखाउन लागेका हौँ’, मल्लले भने, ‘नेपाली फिल्मको प्रचार प्रसारका लागि पनि देखाउन थालेका छौँ ।’

‘छक्कापञ्जा’ जापानका बिभिन्न सहरमा प्रदशन भैरहेको छ । यो फिल्म अब नागोयावासीले पनि हेर्न पाउने छन् । मल्लका अनुसार फिल्म प्रदर्शनका लागि धमाधम तयारी भइरहेको छ । टिकट बिक्री नि भइरहेको उने बताए ।