काठमाडौं । हिन्दू धर्मालम्वीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर गीत आउने क्रममा छन् । तिहार नेपालीहरूको घरको ढोकामा प्रवेश गरिसकेको पनि छ । तिहार भित्र्याउने चटोरो भइरहेका बेला रमाइलोका लागि गीतसंगीत पनि आउने क्रममा छन् ।
यसैक्रममा गायक जय देवकोटाको देउसी गीत बजारमा ल्याएका छन् । धेरै गीतमा स्वर दिइसकेका जयले तिहार गीत ल्याएका हुन् । उनलाई केटीको स्वरमा दिलिसा पुनले साथ दिएकी छिन् ।
रामसर मिडियाको प्रस्तुति रहेको तिहारको गीत राम्रो बनेको जयले दाबी गरे । ‘तिहारलाई ध्यानमा राखेर गीत बनाएको हुँ’, उनले भने, ‘गीत रिलिज भएपछि राम्रो प्रतिक्रिया पनि पाइरहेको छु ।’
‘रुदो हो मन’ एल्वमा समावेश ‘नाच्न त मलाई आउँदैन साथी, तर पनि नाच्न मन लाइहाल्यो’ (भिडियोका लागि लिङ्कमा क्लिक गर्न सकिन्छ) बोलको गीतमा शब्द पनि जयको नै छ । मडिया हबले यो गीतलाई यूट्युब च्यानल राखेको छ ।
छोटो समयमा जयको तिहार गीतले राम्रो दर्शक र स्रोता पाएको छ । यूट्युबमा उनको यो गीतलाई
पाँच दिनमा साढे दुई लाखले हेरिसकेका छन् । यूट्युबमा भिजिटरको क्लिक उकालो चढ्ने क्रम दिनप्रति दिन बढ्दो छ ।
तिहारको यो देउसी भैलो गीत किन हिट् हुने क्रममा छ भन्ने जिज्ञासामा गायक देवकोटाले भने, ‘गीत मन छुने खालको छ । गीतमा चलन चल्तीका शब्द समेटिएको छ । गाउँ परिवेशको गीत भएकाले पनि होला यसको माग बढेको ।’















प्रतिक्रिया